यस्तो छ ४५० वर्षदेखि गोवाको चर्चमा रहेको फ्रान्सिस जेवियरको शव



काठमाडौं । नेपालमा सयौंको संख्यामा इसाई धर्मालम्बीको आस्थाको केन्द्र चर्च रहेको छ । हरेक चर्चमा इसाईहरु प्रभु येशु क्रिष्टको प्रार्थना गर्दछन् । तर भारतमा रहेको एक चर्च प्रार्थनाका अलावा अन्य कारणले परिचित रहेको छ ।

भारतको गोवाम रहेको ओल्ड गोवा चर्चमा ४ सय ५० वर्षदेखि एक ईसाई सन्तको मृत शरीर डेड बडी लाई सजाएर राखिएको छ । मान्यता अनुसार उक्त शवमा कैयौं दिव्य शक्तिहरु छन् र त्यस शवबाट आज पनि रगत बग्दछ ।

पुरानो गोवामा स्थित बेसिलिका अफ बम जीसस चर्च ९द्यबकष्ष्अिब या द्ययm व्भकगक ऋजगचअज०मा हरेक वर्ष ६–९ फेब्रुअरीमा हुने कार्निवलका अवसरमा हजारौ मानिस आउने गर्दछन् । यस चर्चमा ४५० वर्षदेखि फ्रान्सिस जेवियर नामक ब्यक्तिको शव राखिएको छ ।

चीनको यात्राको क्रममा जेवियरको मृत्यु भएको थियो । उनले आफ्नो शवलाई गोवामा ने गाड्न दफन इच्छाएका थिए । त्यसैले उनका शिष्यले गोवामा नै उनको शव गाडे ।

प्रतिक्रिया दिनुहोस्