संसद बैठक भोली बस्दै, तयार भयो कार्यसूची

काठमाडौं । संसद सचिवालयले भोलि शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची तयार गरेको छ ।
सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
यस्तै पूर्वसांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरिनेछ ।
बैठक दिनको १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
