धनगढी फुटबल क्लबको प्रशिक्षकमा तोपे फुजा अनुबन्धीत



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणको एउटा फ्रेन्चाइज टिमको रुपमा धनगढी एफसीले आफ्नो तयारीलाई तीब्रता दिइरहेको छ । नेपाली फुटबलमा व्यावसायिकताको छलाङ मार्ने आधारको रुपमा स्थापित हुने विश्वास गरिएको यो सुपर लिगको निम्ति टिम बनाउने प्रक्रियामा हामी धेरै अगाडि बढिसकेका छौं ।

गो ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको धनगढी एफसीले सुपर लिग टिमले हामीले प्रशिक्षकको रुपमा नाइजेरियाली नागरिक तोपे अयोडेजी फुजालाई अनुबन्ध गरिएको छ, उनकै अगुवाईमा मनाङमस्र्याङदी क्लबले २०७५ सालको सहिद स्मारक ए डिभिजन लिगको पाधि जितेको थियो, जुन शीर्ष श्रेणीको लिगमा मनाङको कीर्तिमान आठौं उपाधि थियो ।

सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिग डेब्यू मछिन्द्र क्लब (२००६) बाट गरेका थिए । त्यसपछि भारतमा व्यस्त रहेका उनले सिमला योङ, मुम्बई युनाइटेढ, पियरलेस, हिन्दुस्तान एफसी, टलिगन्ज अग्रगामी, मोहम्मडन स्पोटिङ र चेन्नाई एफसीको टिम सम्हालेका थिए । अनि उनी मनाङको जिम्मेवारीमा नेपाल फर्किएका थिए । गत वर्ष २०७६ मा पनि मनाङमै रहेका थिए, जुन सिजन मनाङ लिगमा तेस्रो भएको थियो ।

एक ‘मार्की खेलाडी’ राख्न पाउने प्रावधानअनुसार हामीले राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई आइतबार अनुबन्ध गरिसकेका छौं । उच्च्स्तरका बिदेशी खेलाडी अनुबन्धको प्रक्रिया पनि अगाडि बढिसकेको जानकारी गराउन चाहन्छौं । टिमको लागि अरु खेलाडी शुक्रबार हुने अक्सनबाट लिनेछौं ।

धनगढी एफसीलाई सुदूरपश्चिम प्रदेशको प्रतिनिधिको रुपमा लिएका छौं । सुपर लिग हाम्रो सुरुआत हो र यसको एक अंगको रुपमा हामी देशभरकै फुटबलप्रेमीलाई खुशी बनाउने प्रयास गर्दै आफ्नो क्षेत्रमा फुटबल विकासको आधार पनि तय गर्ने कोसिस गर्नेछौं ।

सुवास शाही, प्रमुख– गो ड्रिमर्स प्रा.लि.
देशमै पहिलोपल्ट हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिताको धनगढी एफसीको प्रशिक्ष्ँकमा तोपे फुजालाई आबद्ध गर्न पाउँदा एकदमै खुशी छौं । जीवन नै फुटबलमा बिताइरहेका उनले नेपालसहित दक्षिण एसियाली फुटबललाई नजिकबाट हेरिरहेका छन्, नेपाली खेलाडीहरूको स्तर र क्षमताबारे जानकार छन् । उनको अगामनले धनगढी एफसीेले नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ ।

तेपे फुजा, प्रशिक्षक– धनगढी एफसी

नेपाल सुपर लिगको पहिलो संस्करणमा नै महत्वपूर्ण जिम्मेवारी पाउँदा निक्कै खुशी र उत्साहित छु । उत्कृष्ट मार्की प्लेयर र टिमको सम्पर्कमा रहेका बिदेशी खेलाडीहरूले गर्दा मलाई धनगढी एफसीमा सामेल हुने आग्रह स्वीकार्न समय लागेन । क्लबको व्यवस्थापन र टिम मालिकको लक्ष्य देखेर म निक्कै प्रभावित भएको छु । र, हाम्रो लक्ष्य उपाधि जित्ने नै हो ।

प्रतिक्रिया दिनुहोस्