नेपाल-खनाल पक्षका सांसदले भने : ‘ओलीले बोलाएको बैठकमा अर्को पटकदेखि जाने हो’



काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले राखेको सांसदहरुको बैठकमा सहभागी सांसदहरुले मिश्रित भनाइ राखेका छन् ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुनुपर्ने र हुन नहुने मिश्रित भनाइ सांसदहरुको थियो ।

अध्यक्ष अ‍ोलीले आज बोलाएको संसदीय दलको बैठकमा नजाने निर्णय भयो, एक सांसदले भने, अर्कोपटकदेखि जाने र भाग लिने कुरा भएको छ ।

ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा आज बिहान १० बजे खनाल-नेपाल पक्षका सांसदहरू बैठक बसेका थिए । अध्यक्ष ओलीले आज बालुवाटारमा संसदीय दलको बैठक राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्