तयारी नपुगेपछि जसपाको बैठक स्थगित



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आजको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । बैठकका लागि तयारी पूरा नभएको भन्दै जसपा अध्यक्ष महन्थ ठाकुरले स्थगित गरेका हुन् ।

सत्ता गठबन्धनमा कोसँग सहकार्य गर्ने तथा परिवर्तित अवस्थामा पार्टीको आगामी कार्यदिशा तय गर्न बोलाइएको बैठक तयारी नपुगेका कारण स्थगित भएको नेता केशव झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्