प्रचण्डले भने : ‘केपीले फोन गरेर मनका कुरा सबै भन्छु भनेका छन्’



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले फोन गरेर आफूसँग भेट गर्न आग्रह गरेको बताएका छन् ।

सिन्धुलीमा बिहीबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यकर्ता भेलामा सम्बोधन गर्दै दाहालले भने, “अस्ति बिहान केपीजीको फोन आयो, एकपल्ट कुरा गर्नुप¥यो कमरेड भनेर भन्नुभयो । मेरो मनका कुरा सबै तपाईँलाई भन्न चाहन्छु भन्नुभयो, तर मैले भेट्न मानिनँ ।”

उनले राष्ट्रपतिकहाँ भेट भएको उल्लेख गर्दै अब आफू केपीसँग नझुक्किने बताए ।

“मनका कुरा भन्ने हो भने खुमलटार आएरै भन्नुस् भन्नेवाला छु,” दाहालले भने, “अब झुक्किने समय सकियो ।”

प्रतिक्रिया दिनुहोस्