जिम्मेवारी विहीन भएपछि एमालेमा लागें : श्रीप्रसाद जवेगु



विराटनगर । नेकपा (माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य श्रीप्रसाद जवेगु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । पार्टीमा जिम्मेवारी विहीन भएपछि नेकपा एमालेमा प्रवेश गरेको जवेगुले बताएका छन् ।

संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री जवेगु एकता अघि माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य थिए । तर एकतापछि उनलाई कुनै जिम्मेवारी दिइएको थिएन ।

‘पार्टी एकतापछि पर्खेर बसियो, तर कुनै जिम्मेवारी दिइएन,’ उनले भने, ‘जिम्मेवारी विहीन भएर बसिरहन मनले मानेन ।’

प्रतिक्रिया दिनुहोस्