सुन्दर बन्न यी युवतीले गरेकी थिइन् सर्जरी, अहिले कुहिन थाल्यो नाक…



एक टिभी स्टारले आफ्नो सुन्दरता बढाउनको लागि नाकको सर्जरी गर्ने निर्णय गरेकी थिइन् । उनल नाकको सर्जरी पनि गरिन्, केही समयसम्म त उनी राम्री नै देखिइन् तर अहिले उनको नाक कुहिन थालेको छ ।

यो कुराको जानकारी स्वयम ती युवतीले दिएकी हुन् । प्राप्त जानकारी अनुसार २९ बर्षकी युवती एनास्तसिया वलिन्स्कया, बेलारुमसमा बस्छिन् । एनास्तसियाका अनुसार शल्यक्रियामा गडबडी भएका कारण समस्या निम्तिएको हो । उनले इन्स्टाग्राममा आफ्नो नाक कुहिएको तस्बिर जारी गरेकी छिन् ।

एनास्तसियाका अनुसार उनको नाक असाध्यै सुन्निएको थियो । उनले कस्मेटिक सर्जरी गराएको थुप्रै वर्ष बितिसकेको बताएकी छिन् तर अब नाक बचाउनका लागि उनले ढिला नगरी शल्यक्रिया गर्नुपर्ने बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘डाक्टरले मलाई नाक बचाउनका लागि दुई महिनाको मात्र समय भएको बताएका छन् ।’

ती युवतीले इन्ष्टाग्राममा आफ्नो समस्या बताउँदै उपचारको लागि पैसा नभएकाले सबैसँग आर्थिक सहयोगको लागि अपिल गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्