कर्णाली प्रदेशमा एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन



काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

भोलिबाट लागू हुने गरी बुधबार केपी अ‍ोली नेतृतवको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले संसदीय दलको नेता यामलाल कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार सकारलाई दिएका समर्थन फिर्तासँगै आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाएको छ ।

आज संसदीय दलको बैठकमा सांसदहरु यामलाल कँडेल, गुलावजंग शाह, पदमबहादुर रोकाया, खड्क खत्री, दानसिंह परियार, पल्मीक्वारी बोहोरा, राजु नेपाली, मिनासिंह रखाल, कौशिलावती खत्री र पद्ममा खड्का थिए ।

प्रतिक्रिया दिनुहोस्