प्रधानमन्त्री ओलीले जनतामा पीडा थपेर हाम्रो शिर निहुराउने काम गरे : अष्टलक्ष्मी शाक्य



काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण आफूहरुले धेरै पीडा भोग्नुपरेको बताएकी छन् ।

बुधबार ललितपुरको सानेपामा सुरु भएको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्तालाई सम्बोधन गर्नै नेतृ शाक्यले ओली कारण आफूहरुले पाएको पीडा कहिल्यै भुल्न नसक्ने बताइन् ।

केपी ओली पार्टी अध्यक्ष हो, प्रधानमन्त्री हो उहाँ सच्चिनुहुन्छ कि भनेर हामीले धेरै मिहिनेत गर्‍यौं, धेरै दुःख गर्‍यौं, धेरै छलफलका लागि प्रयास गर्‍यौं तर उहाँ सच्चिनुभएन,’ शाक्यले भनिन्, ‘उल्टै आफू सहरका नेताहरुलाई अपमान गर्ने काम गर्नुभयो । हामीले यो बीचमा जे जस्तो पीडा भोग्यौं कम्युनिस्ट पार्टीमा लागिरहँदा, त्यसको लिपिबद्ध त होला तर त्यो पीडा हामी कहिल्यै पनि बिर्सन सक्दैनौं ।’

उनले कोरोना भाइरसको महामारीमा जनताहरु पीडामा रहेका बेला ओली सरकार भ्रष्टाचारमा लागेको समेत आरोप लगाइन् । ओलीले जनतामा पीडामाथि पीडा थपेर आफूहरुको शिर निहुराउने काम गरेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्