माधव नेपालले भने : प्रधानमन्त्रीले कुर्सी बचाउन संविधानको अपब्याख्या गरे



काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी विग्रहको जिम्मेवार अध्यक्ष केपी शर्मा आली भएको बताएका छन् ।

‘उहाँ नै सबै कामको, वितण्डा, पार्टीभित्र विग्रहको निम्ति उहाँ नै जिम्मेवार हुनुहुन्छ,’ ललितपुरको सानेपामा बुधबार भएको राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेपालले भने ।

त्थय र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र प्रमाण रहेको नेता नेपालले बताए ।

ओलीको चिन्तनबारे पार्टीका नेताहरूलाई जानकारी भएको पनि उनले बताए । ‘उहाँको चिन्तन, व्यवस्था र कार्यशैली कस्तो छ भन्ने नेताहरूलाई थाहा छ,’ उनले भने ।

नेता नेपालले ‘साइबर स्यालहरू’ अझै ज्युँदै रहेको बताए । ‘साइबर स्यालदेखि होसियार, गलत सूचना संप्रेषण गर्न सक्नेछन् । कुनै पनि किसिमको अलमलमा पर्नुपर्ने छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्