खनाल–नेपाल समूहको राष्ट्रिय भेला सुरु, पुराना कम्‍युनिस्ट नेताहरुको समेत उपस्थिति



काठमाडौं । नेकपा एमालेको नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्युनिष्ट नेताहरु समेत उपस्थित भएका छन् ।

ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्युनिष्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला पनि मञ्चमा उपस्थित भएका हुन् । कार्यक्रम सञ्चालक सुरेन्द्र पाण्डेले उनीहरुलाई अतिथिको आसन ग्रहण गराएका छन् ।

यस्तै भेलाका लागि विभिन्‍न जिल्लाबाट नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले २८ फागुनमा एक्लौटी निर्णयमार्फत विधान संशोधन गर्नुका साथै आफू इतरका समूहका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले भेला बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्