ओली –नेपाल दुवै समूह आ–आफ्नै अडानमा



एमालेमा गुटगत भेला नयाँ होइन। यस्तो अभ्यास एमालेको छैठौं महाधिवेशनदेखि हुन थालेको हो। नेपालगञ्जमा भएको छैठौं महाधिवेशनअघि वामदेव गौतम, सीपी मैनाली, सहाना प्रधान लगायतका फरक मत पक्षधरले बुटवलमा भेला गरेका थिए। एमालेको नवौं महाधिवेशनमा पनि नेपाल र ओली समूहले देशव्यापी रूपमा आआफ्ना पक्षका भेलाहरू गरेका थिए।

त्यसकारण भेला गर्दैमा पार्टी विभाजन हुन्छ भन्नु हतार भए पनि यसपटकको परिदृश्य फरक छ। यसअघिका गुटगत भेला महाधिवेशन लक्षित हुन्थे। सम्पूर्ण विवादित विषय महाधिवेशनसम्म पुग्थे। तर, अहिलेको गुटगत भेलाले भने पार्टी विभाजनलाई बल पुर्‍याइरहेको छ।

“मिल्ने सम्भावना एकदमै न्यून छ,” नेपाल पक्षीय नेता योगेश भट्टराई भन्छन्, “हाम्रो ठूलो माग नै होइन। २ जेठ २०७५ अघिको अवस्थामा फर्कौँ भन्ने हो। त्यसमा अध्यक्ष ओली तयार हुनुपर्‍यो। त्यसो हुँदा मात्र एमाले सग्लो हुनसक्छ।” 
एमालेका दुवै पक्षका नेता मिलनको सम्भावना एकदमै कम भएको बताउँछन्। “मिल्ने सम्भावना एकदमै न्यून छ,” नेपाल पक्षीय नेता योगेश भट्टराई भन्छन्, “हाम्रो ठूलो माग नै होइन। २ जेठ २०७५ अघिको अवस्थामा फर्कौँ भन्ने हो। त्यसमा अध्यक्ष ओली तयार हुनुपर्‍यो। त्यसो हुँदा मात्र एमाले सग्लो हुनसक्छ।” 

यता ओली पक्षीय नेताहरू नेपाल पक्षले शुरूदेखि नै पार्टीमा गुटको राजनीति गरेको र पछिल्लो समय बाध्यताले मात्र एमालेमा आएको ठान्छन्। विघटित नेकपाको अध्यक्ष पुष्पकमल दाहाल समूहमा लागेको र अहिले प्राविधिक कारण मात्र आएकाले उनीहरूलाई कमजोर बनाएर अघि बढ्नुपर्ने मनस्थितिमा ओली समूह छ। त्यति मात्र नभई नेपाल समूह अन्ततः एमालेमा शक्ति सञ्चय गरेर पुनः दाहालतिरै मिसिन जाने बुझाइ ओली पक्षको छ।

एमाले स्थायी समिति सदस्य एवं ओली पक्षका नेता सत्यनारायण मण्डल माधव नेपालको मन अहिले पनि माओवादी केन्द्रतिरै रहेको बताउँछन्। “माधव नेपालले शुरूदेखि नै अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्दै आउनुभयो, त्यसमा आत्मालोचना नगर्ने अनि २८ फागुनको मात्र कुरा गरेर हुँदैन,” उनी भन्छन्, “उहाँहरू त बाध्यताले फर्कनुभएको हो। १९ पन्ने आरोप पत्र दर्ता गर्ने, अध्यक्षलाई साधारण सदस्यबाट निकालेको हिसाब हुनु नपर्ने ?”

प्रतिक्रिया दिनुहोस्