ओलीले पार्टी विभाजन गर्न खोजे : बामदेव गौतम



काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आफू नेतृत्वको एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले ओलीको व्यवहार पार्टी एकताको पक्षमा नरहेको बताए ।

ओलीले आफू पक्षीय केन्द्रीय कमिटीको बैठक बोलाएर विधान संशोधन गर्ने लगायतका निर्णय गरेर पार्टी विभाजनको बाटो राजेको उनको दाबी छ । उनले पार्टी सर्वोच्चले पार्टी पुनःस्थापना गरिदिएको भएपनि ओलीले त्यसअनुसारको व्यवहार नदेखाएको बताए ।

‘पार्टी पुनःस्थापना हुनुको अर्थ नेकपा एमाले ०७५ साल जेठ २ गतेको अवस्थामा पुग्यो । त्यसकारण त्यस बेलाको विधान, केद्रीय कमिटी, त्यो केन्द्रीय कमिटीले बनाएको पोलिटब्युरो, स्थायी कमिटी पुनःस्थापित भएको छ । तर, ओलीले त्यस्तो व्यवहार देखाउनुभएन ।’

ओलीले पार्टी कार्यकर्ताको संरक्षण गर्न नसकेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्