माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार बन्छ : वर्षमान पुन



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्ने बताएका छन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग आज कुराकानी गर्दै नेता पुनले चैत्र ५ गते जसपाको बैठक रहेको र त्यो बैठकपछि नयाँ सरकार बन्ने दाबी गरेका हुन् ।

‘चैत ५ गते जसपाको बैठक छ । त्यो बैठकपछि सत्ता समीकरणले मुर्त रूप लिन्छ,’ उनले भने, ‘कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा गठबन्धन बन्छ ।’

आज बसेको संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै कायम राख्ने निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्