राष्ट्रपति भण्डारीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन खनाल–नेपालले गरे अस्वीकार



राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपरान्हका लागि बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीद्धय झलनाथ खनाल र माधवकुमार नेपाल नजाने भएका छन् ।

नेकपा एमालेका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले चैत ४ र ५ गते आफूपक्षीय अगुवा कार्यकर्ता भेला आयोजना गर्ने भएकाले त्यसकै तयारीमा व्यस्त भएर सर्वदलीय बैठकमा सहभागी हुन नसक्ने जनाएका छन् ।

यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल भने जाने भएका छन् । नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू र अध्यक्ष प्रचण्ड बैठकमा सहभागी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्