माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड चयन, प्रमुख सचेतकमा देव गुरुङ

काठमाडौं । नेकपा माओवादी कन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ ।
यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको पार्टी नेकपामा संसदीय दलको नेता केपी शर्मा ओली र प्रमुख सचेतक देव गुरुङ थिए ।