सर्वोच्चले नेकपा एकता प्रक्रिया भंग गरेपछि वामदेवले फेरे अभियानको नाम



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको अभियानको नाम पनि फेरिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता प्रक्रिया भंग गरेपछि गौतमले अभियानको नाम पनि फेरेका छन् ।

गौतमले आफ्नो अभियानको नाम कम्युनिष्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान बनाएका छन् । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान बनाएका थिए ।

अदालतको फैसलासँग उनको अभियानको नाम पनि एमाले बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेपछि नेकपा विभाजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्