प्रधानमन्त्री ओलीले भने : अब प्रतिनिधिसभा विघटनको औचित्य सिलसिला सुरु भयो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुन थालेको बताएका छन् । मंगलबार बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद् बैठक विघटनको औचित्य पुष्टि हुने सिलसिला सुरु भएको बताए ।

‘प्रतिनिधिसभा पुनःस्थापना गर्ने अवस्था सिर्जना भयो । र फेरि अदालतले पुनःस्थापना गरिदिएपछि अब प्रतिनिधिसभा विघटनको औचित्य सिलसिला सुरु भएको छ । यस चरणतिर जाँदैछौं,’ ओलीले भने, ‘किन विघटन गरियो, त्यसको औचित्य के थियो भन्ने पुष्टि हुन्छ अब । किनभने मुद्दा लडेर ल्याएको संसद्लाई पहिलो दिन आफैं चल्न दिएनन् । आफैंले बैठकविरुद्ध नारा लगाए । ’

प्रतिक्रिया दिनुहोस्