सई बालकृष्ण सञ्जेल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित



काठमाडौं । प्रहरी प्रधान कार्यलय विशेष ब्यूरोमा दरबन्दी भई लागूऔषध नियन्त्रण ब्यूरो,कोटेश्वरमा कार्यरत प्रहरी नायब निरीक्षक(सई)बालकृष्ण सञ्जेल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुन सफल भएका छन् ।

ब्यूरोले दिएको जिम्मेवारी उत्कृष्ट तरिकाले निर्वाह गरी व्यावसायिक रुपमा इमान्दरितापूर्वक प्रशंसनीय ढंगबाट काम गरेको भन्दै सञ्जेललाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

२०७७ फागुन ९ गते काठमाडौंबाट लागूऔषध अफिम १३ किलो ५ ग्रामसहित मान्छे पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको , फागुन १२ गते ढल्कुबाट ६ किलो ५ ग्राम लागूऔषध हिरोईनसहित आरोपीलाई कानुनी दायरामा ल्याएको लगायतका कामको उच्च मूल्यांकन गर्दै ब्यूरोमा गठन भएको छनोट समितिले सञ्जेललाई ‘महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरेको हो ।

सई सन्जेललाई वरिष्ठ उपरीक्षक दिलिप कुमार चौधरीले लागूऔषध अपराधमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै प्रशंसा पत्र प्रदान गरेका हुन ।

सई सन्जेल नेपाल प्रहरीमा इन्टेलिजेन्स र अनुधन्धानमा पोख्त प्रहरीका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्