‘शारिरीक बनावट मात्र फिटनेश होइन, दिमाग, शरीर र आत्मालाई फिट राख्नु फिटनेश हो’ : दिपिका पादुकोण



बलिउडकी सर्वाधिक चर्चित अभिनेत्री दिपिका पादुकोण शारिरीक बनावटलाई मात्र फिटनेश मान्दिनन् । उनले हालै दिएको एक अन्तवार्तामा यो कुरा बताएकी हुन् ।

दिपिकाले बताए अनुसार फिटनेशको अर्थ मन, शरीर र आत्मबीच सन्तुलन ल्याउनु हो । उनले अन्तवार्तामा भनेकी छिन्, मेरो बुझाईमा फिटनेशको अर्थ शरीरको बनावटभन्दा धेरै हो । फिटनेसको अर्थ दिमाग, शरीर र आत्मालाई सन्तुलित गर्नु हो । अर्थात, शारीरिक, मानसिक र भावनात्मक तीनवटै रुपले फिट हुनु हो । यो हरेक दिन राम्रो कुराको चयन गर्ने विषय पनि हो । ताकि, हामी आफैंलाई राम्रो बनाउन सकौं ।’

दिपिकाको यो भनाईमा धेरैले समर्थन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्