माधव नेपाल समूहले पत्रकार सम्मेलन गर्दै, राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिइने



काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको छ ।

चैत ४ र ५ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाबारे आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने केन्द्रीय प्रचार विभागले बताएको छ ।

नेता योगेश भट्टराईका अनुसार आज दिउँसो २ बजे होटल हेरिटेज गार्डेन सानेपा चोक ललितपुरमा पत्रकार सम्मेलनबाट राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिने कार्यक्रम छ ।

यो कार्यकर्ता भेला रोक्न प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्माले आग्रह गरेका थिए । सोमबार नेता नेपालसहित धुम्बाराहीमा आयोजित छलफलमा ओलीले कार्यकर्ता भेला नगर्न भनेका थिए ।

तर नेता नेपाल पक्षले कार्यकर्ता भेला नरोक्ने बताएको छ । साथै प्रधानमन्त्री ओलीले आज बालुवाटारमा केन्द्रीय सदस्यका लागि गर्न लागेको चियापान समारोहमा नेता नेपाल पक्षका नेताहरू नजाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्