फागुन महिनामा मरे तीन गैँडा र एउटा बाघ



चितवन राष्ट्रिय राष्ट्रिय निकुञ्ज क्षेत्रमा फागुनमा तीन गैँडा तथा एकएक बाघ र हात्ती मरेका छन् । निकुञ्ज क्षेत्रमा १५ चित्तल, दुुई घोरल तथा एकएक बँदेल र रतुवाको कालगति तथा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको सेनाले जनाएको छ ।

सो अवधिमा पर्सा राष्ट्रिय निकुञ्जमा दुई बँदेल, शुक्लाफाँटामा एक चित्तल, लामटाङमा एकएक निर बिरालो, घोरल र सेतो बाँदर तथा शिवपुरी नागार्जुन क्षेत्रमा बिरालो प्रजातिको एक जनावर मरेको अवस्थामा फेला परेका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक लङ्गुर र दुुई बँदेल मृतावस्थामा फेला परेका थिए ।

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाँच चित्तल, दुई–दुई बँदेल, चौका, बाँदर र बिरालो तथा एकएक रतुवा र चरी बाघ सवारी साधनको ठक्कर र जङ्गली कुकुरका आक्रमणबाट मारिएको सेनाले जनाएको छ ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक मृग तथा कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा एक अर्ना र दुई हरिण पनि फागुनमा मरेका थिए ।

प्रतिक्रिया दिनुहोस्