आज संसद् बैठक बस्दै, खासै छैनन् कार्यक्रम



आज (मंगलबार) संसद् बैठक बस्ने भएको छ। पुनर्स्थापनायता प्रतिनिधि सभाको तेस्रो बैठक बस्न लागेको हो।

बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक दिउँसो १ बजे बस्नेछ। तर सरकारले अध्यादेश पेसलगायत बिजिनेस नदिएकाले आज खासै कार्यक्रम छैनन्।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नेछन्।

त्यसपछि संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पेस गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्