गोविन्दाले ‘म पवित्र रहिनँ, अब रक्सी र चुरोट पिउँछु’ भनेपछि फ्यानले दिए यस्तो प्रतिक्रिया…



९० का दशकका सर्वाधिक चर्चित बलिउड अभिनेता गोविन्दा आजभोली चलचित्रमा त्यति देखिएका छैनन् । बलिउडमा उनले अन्य अभिनेताले भन्दा छुट्टै पहिचान बनाएका छन् । जस्तोसुकै पनि अभिनय गर्न सक्ने गोविन्दा नृत्यको लागि पनि उत्कृष्ट मानिन्छन् ।

उनै गोविन्दाले अब आफू पहिले झैँ पवित्र नरहेको बताएका छन् । गोविन्दाका अनुसार इन्डष्ट्रिमा उनलाई पाखा लगाउनका लागि, राम्रो भूमिका प्रदान नगर्नका लागि, उनको फिल्म रिलिज नगरिदिनका लागि उनीविरुद्ध षड्यन्त्र रचिँदै छ ।

एक अन्तवार्ता दिने क्रममा गोविन्दा यी कुराहरु बताएका हुन् । अन्तवार्तामा गोबिन्दाले भने, ‘म अब भ्रष्ट र कडा भएको छु । आजकाल म पार्टी गर्छु, रक्सी पिउँछु, चुरोट पिउँछु । पुरानो गोबिन्दा निकै पवित्र थियो । पहिला मेरो भावुकता मेरो कामको बीचमा आउँथ्यो तर अब म भावुक हुदिनँ । म अब कुराहरुलाई प्रोफेशनल र व्यापारको दृष्टिकोणले ह्यान्डल गर्छु ।’

गोबिन्दाले भने, ‘मविरुद्ध इन्डष्ट्रिमा मानिसहरुले षड्यन्त्र फैलाइरहेका छन्, मेरो छवि धुमिल बनाइरहेका छन् ।’

गोविन्दाको यो अन्तवार्तापछि उनका फ्यानहरु निकै चिन्तित भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्