बहराइनको राजपरिवार सहितको टोली सगरमाथा चढ्न आए नेपालमा



काठमाडौं । बहराइनका राजपरिवारका सदस्य सेख अमाद अल कोलिफासहितको १६ जनाको टोली सगरमाथा आरोहणको लागि नेपाल आएको छ ।

टोलीमा बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनका नागरिक र ३ जना बेलायती नागरिक छन् ।

यो टोलीले गोरखाको चुमनुब्री गाउँपालिकास्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्धको खोप समेत ल्याएर आएको छ ।

यो खोप सहयोगस्वरुप प्रदान गर्न लागिएको हो । टोली कम्तिमा ८० दिन नेपालमा रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्