माओवादी केन्द्रले कांग्रेस र जसपासँग वार्ता गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनाता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ ।
आज पेरिसडाँडामा बसेको केन्दीय कमिटी बैठकले संसदमा रहेका मुख्यतया दुर्य दलसँग वार्ता गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले बताए ।
सर्वोच्चमा पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने निर्णय भएको उनले बताए ।