३३ बर्षीय पुरुषले १३ वर्षीया बालिकालाई बनाए गर्भवती…



स्याङजामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको हरिनाश गाउँपालिका–७ अर्गली बस्ने ३३ वर्षीय भेल बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले ती बालिकालाई कात्तिक १२ गते साँझ जबरजस्ती करणी गरी गर्भवती समेत बनाएको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्