भीम रावलले भने : ‘फागुन २८ गतेको निर्णय खारेज नहुने भए हामी सहमत हुने कुरै भएन’



काठमाडौं । नेकपा एमालेका दुवै पक्ष (केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष) बीचको छलफल बिना निष्कर्ष सकिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बेठकमा नेपाल पक्षले फागुन २८ गते बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले गरेका निर्णय खारेज हुनुपर्ने भनी राखेकाे अडानलाई ओली पक्षले नमानेपछि बैठक सहमतिबिना सकिएको नेपाल निकट नेता भीम रावलले जानकारी दिए ।

हामीलाई जानकारी नदिई २८ गते भयो भनिएको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय खारेज हुनुपर्ने माग राख्यौं । तर, त्यो कुरालाई नभएपछि हामी सहमत गर्ने कुरै भएन, उनले भने ।

यस विषयमा थप छलफल गर्ने भनिएपनि मिति भने तय गरिएको छैन ।

फागुन २८ गतेको बैठकबाट ओली पक्षले आफू पक्षीय नेताहरुलाई जिम्मेवारी दिएर पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको थियो । सोही बैठकले माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्