२८ बर्षकी भइन् आलिया, करण जोहरको घरमा भव्य ‘बर्थ डे’ पार्टी



बलिउडकी सर्वाधिक चर्चित नायिका आलिया भट्ट आज आफ्नो २८ औँ जन्मदिन मनाउँदै छिन् । उनको जन्म सन् १९९३ मार्च १५ मा मुम्बईमा भएको हो । आलिया बलिउडमा स्टारकिडको रुपमा आएकी थिइन् तर अहिले उनले बलिउडमा आफ्नो छुट्टै स्थान बनाइसकेकी छिन् ।

सन् २०१३ मा प्रदर्शनमा आएको चलचित्र स्टुडेन्ट अफ दि इयर बाट उनले बलिउडमा पाइला चालेकी थिइन् । पहिलो चलचित्रबाट नै उनी स्टार बनिन् । आज आलियाको जन्मदिन भएकाले उनलाई सामाजिक सञ्जालमा चलचित्रकर्मी र फ्यानले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

आलियाले आफ्नो जन्मदिनको पार्टी भने करण जोहरको घरमा मनाएकी छिन् । आलियाको जन्मदिनमा नायिका दीपिका पादुकोण, नायक रणवीर सिंह, नायक अर्जुन कपुर, नायिका मलाइका अरोरा लगायत पुगेका थिए ।

आलियाको जन्मदिनमा नायक रणवीर कपुर भने उपस्थित हुन सकेनन् । उनी, कोभिड पोजिटिभ देखिएपछि आफ्नै घरमा आराम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्