माओवादी केन्द्रको बैठक पेरिसडाँडामा जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ ।
अहिले बैठक जारी छ । बैठक आइतबार पनि बसेको थियो ।
पार्टीको नाम परिवर्तन गर्ने, विधान, सांगठानिक संरचना, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा बैठकमा छलफल गर्ने एजेन्डा छ ।