बामदेव समूहले पनि बोलायो बैठक



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन् ।

गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्यायुनपर्ने अडान लिएका छन् । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन बैठक बोलाइएको हो, गौतम निकट नेता बाबुराम थापाले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले शुरु गरेको राष्ट्रिय एकता अभियानका थापा सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्