माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकियो, भोलि फेरि ११ बजे बस्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलि फेरि बस्ने गरी सकिएको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा झन्डै ४ घन्टा बसेको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।

प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए ।

बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकतालाई खारेज ग र्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताएका थिए ।

नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीलाई सरकारबाट बहिर्गमन गर्नु अनिवार्य भएको बताए ।

आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने निर्णय गरेको छैन । बैठक भोलि बिहान ११ बजे फेरि पेरिसडाँडामा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्