लहान बिस्फोटका गम्भीर घाइतेलाई हेलिकप्टरबाट ल्याइयो काठमाडौं



जनकपुरधाम । सिरहाको बम बिस्फोटमा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारीलाई हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको छ ।

उनको थप उपचारको लागि नेपाली सेनको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शालीग्राम शर्माले जानकारी दिए ।

आइतबार दिउँसो सिरहाको लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा गराइएको विस्फोटमा ६ जना घाइते भएका छन् ।

यसैबीच, बम विष्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । एक विज्ञप्ति जारी गर्दै गोइतले तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत उक्त स्थानमा विष्फोट गराएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्