जसपा कसैको पुच्छर बन्दैन : डा.भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टी अरुको पछि लागेर सरकारमा नजाने बताएका छन् ।
पार्टीले सत्ता समीकरणका लागि अन्य दलसँगको भेटलाई तीब्र बनाइरहेका बेला आएको भट्टराईको यो भनाइलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
समाजिक सञ्जलमार्फत डा.भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बताए । सत्तामा जान एमाले, माओवादी र कांग्रेसले जसपाको साथ खोजिरहेको अवस्थामा नेता भट्टराईले जसपा कसैको पुच्छर नबन्ने बरु आफैँ देशको नेतृत्व गर्ने बताए ।