अवार्ड दिन स्टेजमा आएकी अभिनेत्रीले सबै लुगा फुकालिदिइन्…



फ्रान्समा एक अभिनेत्रीले अवार्ड समारोहमा आफ्नो सबै कपडा फुकालेपछि यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा कमाइरहेकी छिन् । वास्तविक ती अभिनेत्रीले सामाजिक सन्देश दिनको लागि सबै लुगा फुकालेकी हुन् ।

उनले कोरोना महामारीको यस युगमा कला र संस्कृति बचाउन सरकारले केही कदम चाल्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न खाजेकी हुन् । ५७ बर्षीय कोरेन मासिरोले सिजर अवार्ड समारोहको स्टेजमा यस्तो गरेकी हुन् । सिजर अवार्ड फ्रान्सको ओस्कार बराबर मानिन्छ ।

ती नायिका मासिरो गधाको पोसाक लगाएर मञ्चमा पुगेकी थिइन् र त्यसको मुनि उनले रगत लत्पतिएको एक ड्रेस लगाएकी थिइन् । उनले स्टेजमा गएर दुवै पोसाक खोलिन् । फ्रान्सका सिनेमाघरहरू तीन महिनाभन्दा बढी समयदेखि बन्द छन् र धेरै कलाकारहरू सरकारको यो निर्णयबाट असन्तुष्ट छन्।

सिजर अवार्ड समारोहका आयोजकले मसिरोलाई ‘बेस्ट कस्टयुम’ (फिल्ममा उत्कृष्ट पहिरन) को अवार्ड प्रदान गर्न निम्ता दिएका थिए । तर आफ्नो लुगा फुकालेर मासिरोले सभागृहमा बसिरहेका सबै जनालाई चकित पारिदिइन् ।

प्रतिक्रिया दिनुहोस्