‘नेफ्टा अवार्ड’ मा उत्कृष्ट ‘नव–नायिका’ को अवार्ड सुहाना थापालाई



हिजो राजधानीको पाँच तारे होटल सोल्टी क्राउन प्लाजामा आयोजित दशौँ ‘नेफ्टा अवार्ड’ मा सुहाना थापाले चलचित्र ‘ए मेरो हजुर ३’ बाट उत्कृष्ट नव–नायिकाको अवार्ड हासिल गरेकी छिन् ।

चलचित्र ‘ए मेरो हजुर ३’ मा सुहानाको कामको निकै नै प्रशंसा भएको थियो । तर उनले अवार्ड जितेसँगै यतिबेला उनका फ्यानले उनलाई बधाई भने दिइरहेका छन् ।

यस्तै नव अभिनेताको अवार्ड चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बाट धिरज मगरले हात पारेका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अवार्ड समारोहमा चलत्रिच क्षेत्रमा नयाँ तथा पुराना कलाकार, प्राविधिक, निर्माता, निर्देशक लगायतको बाक्लो उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्