‘नेफ्टा अवार्ड’ मा अनमोलले हात पारे ‘पपुलर अभिनेता’ को अवार्ड



हिजो राजधानीको पाँच तारे होटल सोल्टी क्राउन प्लाजामा आयोजित दशौँ नेफ्टा अवार्ड निकै भव्य र सव्य तरिकाले सम्पन्न भएको छ । करिब ६ घण्टा लामो समय चलेको अवार्ड समारोहमा चलचित्रकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अवार्ड समारोहमा चलत्रिच क्षेत्रमा नयाँ तथा पुराना कलाकार, प्राविधिक, निर्माता, निर्देशक लगायतको बाक्लो उपस्थिती थियो ।

नेफ्टा फिल्म अवार्ड’मा चलचित्र ‘छक्का पन्जा ३’ले आफ्नो वर्चस्व कायम गरेको छ । यो चलचित्रले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट हाँस्य कलाकार लगायतका मुख्य विधामा अवार्ड प्राप्त गरेको छ ।

यस्तै युवापुस्तामाथ चर्चित अभिनेता अनमोल केसीले पपुलर अभिनेताको अवार्ड हात पार्दा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पपुलर नायिकाको अवार्ड हात पारेकी छिन् । अभिनेता विपिन कार्कीले चलचित्र प्रसाद बाट उत्कृष्ट अभिनेताको अवार्ड हासिल गरेका छन् भने मेनुका प्रधानले साईली बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्