माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा गएका नेताहरुलाई कारवाही गर्ने निर्णय गर्ने सम्भावना छ ।

शनिबार बसेको केन्द्रको स्थायी कमिटी बैठकले एमालेमा गएका रामबहादुर थाप बादलसहितका नेतालाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।

तत्कालीन नेकपा माओवादीका २३ जना नेतालाई नेकपा एमालेले केन्द्रीय सदस्य मनोनित गरेको थियो। साथै सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता आउन केन्द्रले भनेको छ।

प्रतिक्रिया दिनुहोस्