थप ६० जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु



पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार १७८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७२ जनाले कोरोना जितेसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार २४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप २ जनाले कोरोनाका कारण ज्यान गुमाएसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ हजार १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्