चाँडै वृद्धभत्ता ४ हजार पुग्छ : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी ओलीले वृद्धभत्ता बढाए चाँडै ४ हजार पुर्याइने घोषणा गरेका छन् । तर, कहिले बढाउने भने मिति भने तोकेका छैनन् ।

अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलामा ओलीले यस्तो घोषणा गरेका हुन् ।

वृद्धवृद्धा र शारिरिक अपांगता भएका व्यक्तिहरुलाई आफ्नो सरकारबाहेक अरुले नसम्झिएको दाबी पनि उनले गरे ।

प्रतिक्रिया दिनुहोस्