माधव नेपाललगायतलाई कारवाही गर्ने योजना बुन्दै प्रधानमन्त्री ओली



नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल लगायतलाई कारबाही गर्नका लागि छलफल गर्न थालेका छन् ।

गोप्य स्रोतले जानकारी दिए अनुसार प्रधानमन्त्री ओलीले नेपाल लगायत झण्डै १ दर्जन नेतालाई अनुशासनको उल्लंघन गरी गुटबन्दी गर्दै हिँडेको, सरकार गिराउन तानाबाना बुनिरहेको जस्ता आरोप लगाएका छन् ।

ओलीले शुक्रबारकै आफू निकटको केन्द्रीय समिति बैठकमा अनुशासनहीन काम गर्नेहरुलाई कारबाही गर्न चाहेका थिए । तर नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेललगायतले अहिले नै कारबाही गर्न नहुने भन्दै उनीहरुको थप गतिविधि हेरेर कदम चालिनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्