शरीरमा निलडाम र मुखबाट रगत बगेको अवस्थामा टोखामा एक युवकको शव फेला



शनिबार बिहान टोखास्थित मालुङ्ग साङ्ला ढलान सडक नजिकै रहेको बाँसको झाँङमा एक युवकको शव पेला परेको छ ।

शवसँगै मोरङमा बेलबारी स्थायी ठेगाना भएको २५ बर्षका आशिष लिम्बुको नाम रहेको परिचयपत्र पेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काले जानकारी दिएका छन् ।

मृतकको शरिरमा निलडाम र मुखबाट रगत बगेको हुँदा हत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्