सलमानकी पूर्वप्रेमिका सोमीको खुलासा : ‘५ बर्षको कलिलो उमेरमा नै बलात्कारको शिकार भए’



बलिउडका स्टार सलमान खानकी पूर्वप्रेमिका सोमी अलीले हालैमात्र दिएको एक अन्तवार्तामा आफू ३ पटकसम्म यौनशोषणको शिकार भएको खुलासा गरेपछि यतिबेला सामाजिक सञ्जालमा फेरि एकपटक उनको चर्चा भैरहेको छ ।

९० को दशकमा बलिउडमा उदाएकी पाकिस्तानी अभिनेत्री सोमी अलीले आमाबुबाले अनुरोध गरेकाले अहिलेसम्म यो कुरा बाहिर नल्याएको बताइन् ।

उनी अहिले बलात्कारपीडितको सहयोगका लागि एनजीओ चलाएर बसेकी छिन् । उनले यसै सिलसिलामा आफूमाथि यौन शोषण भएको खुलासा गरेकी हुन् ।

उनले भनिन्, “पहिले मेरो पाकिस्तानमा यौनशोषण भएको थियो । म पाँच वर्षको हुँदा ममाथि बलात्कार भएको हो । मैले मेरो आमाबुबालाई भनेकी थिए । र बलात्कारीमाथि कारबाही पनि भएको थियो ।”

उनले अगाडि भनिन्, “मलाई यो विषयमा नबोल्न भएको थियो । तर तर, म ९ र १४ वर्षको उमेरमा पनि बलात्कारको शिकार भएँ ।”

स्मरण रहोस् सोमी र सलमान ८ बर्षसम्म प्रेममा थिए । पछि सलमानसँग ब्रेकअप भएपछि सोमीले बलिउड नै छोडिदिइन् । अहिले उनी आफ्नो निजी जीवनमा नै रमाइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्