जसपा र माओवादी केन्द्रका नेताबीच पेरिसडाँडामा छलफल हुदैँ



जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका नेताबिचको छलफल नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

सत्ता समीकरण र आफ्ना मागबारे छलफल गर्न जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठलगायत पेरिसडाँडा पुगेका हुन् । माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ छलफलमा छन् ।

यसअघि हिजोमात्र जसपाले कांग्रेससँग छलफल गरेको थियो । जसपाले तीन दल मिलेर केपी ओली नेतृत्व सरकारको विकल्प दिनुपर्ने प्रस्ताव कांग्रेस समक्ष राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्