चट्याङ्ग पर्दा एक घाईते



सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा हिजो चट्याङ्ग परेर एक जना घाईते भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ९ चोल्पास्थित गंगाबहादुर थापाको गाइगोठमा अपरान्ह ४ बजेतिर चट्याङ्ग पर्दा २३ बर्षिय संजीव विक घाईते भएका हुन् ।

उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ । चट्याङ्ग पर्दा गंगाबहादुर थापाको एक गोरु मरेको छ । चट्याङ्गले घरमा राखिएका सोलार ब्याट्रीमा समेत क्षति पुर्याएको स्थानीय कर्णबहादुर दर्लामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्