कगंनाले महात्मा गान्धी असल पिता र पति नभएको तर्क दिएपछि भड्किए फ्यान, दिए यस्तो प्रतिक्रिया…



कगंना रनावत बलिउडकी सर्वाधिक चर्चित विवादित नायिका हुन् । उनी बेला बेलामा आफूले दिएका तर्कका कारण फस्ने गर्छिन् । यसैबिच यतिबेला पनि सामाजिक सञ्जालमा उनको आलोचना भैरहेको छ । बेलायतका राजकुमार ह्यारी उनकी श्रीमती मेगन मर्केलले आइतबार एउटा टिभी अन्तरवार्तामा राजपरिवारबारे ठूलै खुलासा गरेका थिए ।

यसैबिच नायिका कगंना रनावतले शाही परिवारमा मच्चिएको घमासानको विषयमा ट्वीट गरेकी छिन् । उनले महात्मा गान्धीमाथि पनि निशाना साँधेकी छिन् । उनले महात्मा गान्धी राम्रा पिता र पति नभएको भन्दै ट्वीट गरेपछि सामाजिक प्रयोकर्ता उनीमाथि भड्किएका छन् ।

कंगनाले महात्मा गान्धीमाथि निशाना साँध्दै ट्वीटरमा लेखेकी छिन्, ‘महात्मा गान्धीलाई आफ्नै बच्चाले खराब पिता भएको आरोप लगाएका थिए । थुप्रै स्थानमा यसबारे जानकारी दिइएको छ । उनले आफ्नी श्रीमतीलाई घरको शौचालय सफा गर्न अस्विकार गर्दा बाहिर धकेल्ने गर्थे । उनी एक महान नेता थिए जो महान पति हुन सकेनन् । तर जब कुरा पुरुषको आउँछ तब संसारले माफ गरिदिन्छ ।’

प्रतिक्रिया दिनुहोस्