देउवालाई पौडेलको आग्रह : सरकार बनाउन पहल गर्नुस्, हामी सहयोग गर्छौं



काठमाडौं । नेपाली कांग्रेसका रामचन्द्र पौडेल आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

सरकार गठनमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग भेट्नुअघि सभापति देउवाले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएका छन् ।

त्यसअघि पौडेल समूहका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएका थिए । भेलामा सहभागी एक नेता भन्छन्, ‘पदाधिकारी बैठकमा सभापतिजीलाई आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नुस्, हाम्रो सहयोग रहन्छ भन्छौं ।’

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको सहयोग लिन खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्