जसपासँग छलफल गर्नुअघि कांग्रेस पदाधिकारी बैठक बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग छलफल गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार पदाधिकारी र पूर्व पदाधिकारीको बैठक शुक्रबार अपराह्न ३ बजे सभापति देउवाको निवास बूढानिलकण्ठमा बस्ने छ । बैठकमा राजनीतिक सत्त समीकरण, पार्टीको आगामी महाधिवेशनलगायतका विषयमा छलफल हुने प्रवक्ता शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्