प्रचण्डले भने : नेपालको परिवर्तनलाई उल्ट्याउन मलाई घेराबन्दीमा पारे



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको परिवर्तनलाई उल्ट्याउन आफूलाई घेराबन्दी पारिएको बताएका छन् ।

शुक्रबार बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरबाट आफूलाई घेराबन्दीमा पारिएको दाबी गरे ।

‘१२ बुँदे समझदारी र शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला अहिले जीवित हुनुहुन्न् । म अहिले जीवितै छु । र, यो परिवर्तन उल्ट्याउनको निम्ति अहिले सबैभन्दा बढी घेराबन्दी ममाथि भइरहेको मैले महसुस गर्छु । मैले धेरै गहिरोगरी यसको महसुस गरिरहेको छु,’ उनले भने, ‘देशभित्रका तमाम प्रतिगमनकारीहरु जो गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक भन्ने मन पराउँदैन थिए तिनीहरु र देश बाहिरका पनि दक्षिणपन्थि प्रतिक्रियावादी शक्तिहरु सबै मिलेर नेपालको परिवर्तनलाई उल्ट्याई छाड्ने कसरतमा छन् ।’

प्रतिक्रिया दिनुहोस्